काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३५ कम्पनिका २ करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ मा कारोबार भएको थियो । आज हाइड्रो र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, भुजुङ हाइड्रो, सुपर खुदी, होटल फोरेस्ट इन र पाल्पा सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रिज लाइन इनर्जी, सुर्यकुण्ड हाइड्रो र शिखर पावरको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ४.१७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ५१ करोड ३२ लाख बराबर कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको ४३ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।









