काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।
रास्वपाको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
यसअघि ठाकुरको समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी रहेका थिए ।
उपसभामुखको निर्वाचन आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा हुदैछ । उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन् ।









