काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज विहिबार नेप्से ४८.७१ अंकले बढेर २८५१. २४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३८ कम्पनिका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिग मिल्स, भुजुङ हाइड्रो, रिज लाइन हाइड्रो, सोलु हाइड्रो र होटल फोरेस्ट इनको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर खुदी र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ६.७४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ४३ करोड ४७ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको ४१ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।









