• २०८३ बैशाख ४ शुक्रबार

बंगलादेश क्रिकेट बोर्ड अफ डाइरेक्टर विघटन, तमिमको संयोजकत्वमा नयाँ समिति बनाइयो

बंगलादेश क्रिकेट बोर्ड अफ डाइरेक्टर विघटन, तमिमको संयोजकत्वमा नयाँ समिति बनाइयो

काठमाडौँ । बंगलादेशको राष्ट्रिय खेलकुद परिषद् (एनएससी) ले हालको बंगलादेश क्रिकेट बोर्ड अफ डाइरेक्टरलाई विघटन गर्दै ११ सदस्यीय समिति गठन गरेको छ ।

बंगलादेशका पूर्व स्टार ब्याट्सम्यान तथा कप्तान तमिम इकबाललाई समितिको प्रमुखमा नियुक्त गरिएको छ । समितिको कार्यकाल तीन महिनाको हुनेछ ।

एनएससीका खेलकुद निर्देशक अमिनुल एहसानले समितिका अन्य सदस्यहरूमा फहिम सिन्हा, रफिकुल इस्लाम बाबु, सलमान इस्पहानी, तन्जिल चौधरी, अथर अली खान, मिन्हजुल आबेदिन ननु, इसराफिल खसरु, सैयद इब्राहिम अहमद, मिर्जा यासिर अब्बास र रशना इमाम रहेको जानकारी दिएका छन् ।

अमिनुल इस्लाम एहसानले समिति विघटन गर्ने र सबै मुद्दाहरूको रूपरेखा र नयाँ समिति गठन गर्ने निर्णयको बारेमा आईसीसीलाई जानकारी गराइसकेको बताएका छन् । उनले आईसीसीले समिति विघटन गर्ने र नयाँ समिति गठन गर्ने अनियमितताहरूमा सहमत हुने आशा व्यक्त गरेका छन् ।

गत अक्टोबर ६ मा चुनाव मार्फत बीसीबीको नयाँ बोर्ड गठन गरिएको थियो, जसको अध्यक्षमा अमिनुल इस्लाम बुलबुल निर्वाचित भएका थिए ।

पछिल्लो समय भारतसँगको विवादका कारण बंगलादेश आइसीसी टी-२० विश्वकपमा भाग नलिएपछि विवादमा परेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै