• २०८३ बैशाख ४ शुक्रबार

मदिरा सेवन गरेर गाडी चलाएको आरोपमा अस्ट्रेलियन क्रिकेटर वार्नर समातिए !

मदिरा सेवन गरेर गाडी चलाएको आरोपमा अस्ट्रेलियन क्रिकेटर वार्नर समातिए !

काठमाडौँ । अष्ट्रेलियाका पूर्व क्रिकेटर डेविड वार्नरविरुद्ध मदिरा सेवन गरेर गाडी चलाएको आरोप लागेको छ ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार आइतबार साँझ नियमित जाँचका क्रममा उनलाई रोकेर परीक्षण गर्दा उनको रगतमा मदिराको मात्रा कानुनी सीमा भन्दा धेरै भेटिएको जनाइएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार उनलाई नियन्त्रणमा लिएर थप परीक्षण गर्दा मदिराको मात्रा ०.१०४ पाइएको थियो, जुन अनुमत सीमा भन्दा दोब्बरभन्दा बढी हो । यस घटनामा उनलाई अदालतमा उपस्थित हुन सूचना दिइएको छ ।

हाल पाकिस्तान सुपर लिग खेलिरहेका वार्नर व्यक्तिगत कामका कारण हाल सिड्नी पुगेको समयमा यो घटना भएको बताइएको छ । यस घटनाका कारण उनी पाकिस्तान फर्किन भने कुनै अवरोध नहुने भएको छ । उनले पछिल्लो पटक कराची किंग्सबाट अप्रिल २ मा खेलेका थिए भने अर्को खेल अप्रिल ९ मा रहेको छ ।

वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसके पनि विभिन्न घरेलु तथा टी–२० प्रतियोगितामा सक्रिय रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै