• २०८३ बैशाख ४ शुक्रबार

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने

काठमाडौं । आजदेखि शैक्षिक संस्थाबाहेक देशभरका सम्पूर्ण सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने जनाएको हो ।

मध्यपूर्वमा भएको युद्धका कारण इन्धन संकट बढ्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले  सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको छ । साथै सरकारले सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने निर्णय गरको थियो । 

यसैबीच राष्ट्र बैंकले पनि आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि ५  बजेसम्म हुने तर कत्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराहन्न ४ बजेसम्म हुने परिपत्र गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै