• २०८३ बैशाख १० बिहीबार

ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई पदबाट हटाए

ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई पदबाट हटाए

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । सञ्चारमाध्यमका अनुसार जेफ्री एपस्टाइन प्रकरणसँग सम्बन्धित कागजात सम्हाल्ने तरिकालाई लिएर असन्तुष्टि बढेपछि ट्रम्पले बोन्डीलाई हटाएका हुन् ।

ट्रम्प प्रशासनले एपस्टाइन प्रकरणको अनुसन्धान र त्यससँग जोडिएका फाइलहरू उचित रूपमा व्यवस्थापन नभएमा असन्तुष्ट बनेका ट्रम्पले कडा कदम चाल्दै बोन्डीलाई पदबाट हटाइएको बताइएको छ ।

जेफ्री एपस्टाइन यौन प्रकरणमा ट्रम्पको नाम सामेल भएपनि यसैबीचमा इरान युद्ध भएपछि अहिले यो विषय चर्चाबाट सेलाएको छ ।

एपस्टाइनमाथि सन् २००५ मा नाबालिग किशोरीमाथि यौन दुरुपयोगको आरोप लागेको थियो । सन् २००८ मा नाबालिगसँग यौन सम्बन्ध माग गरेको आरोपमा दोषी ठहर हुँदै १३ महिना जेल सजाय भोगेका थिए । सन् २०१९ मा उनलाई यौन बेचबिखनसम्बन्धी आरोपमा पुनः पक्राउ गरिएको थियो तर मुद्दा चल्नुअघि नै उनले जेलमै आत्महत्या गरेका थिए।

उनकी सहयोगी घिस्लेन म्याक्सवेललाई सन् २०२१ मा एपस्टाइनलाई सहयोग गरेको आरोपमा दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाइएको थियो। अहिले उनी सजाय भोगिरहेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै