• २०८३ बैशाख १८ शुक्रबार

प्रहरी वृत्त मालीगाउँका सई घुस रकमसहित पक्राउ

प्रहरी वृत्त मालीगाउँका सई घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश राउतलाई २० हजार घुससहित पक्राउ गरेको छ ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने र मुद्दा मिलापत्र गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेर दुःख दिएको उजुरीपछि खटेको आयोगको टोलीले राउतलाई घुस रकमसहित काठमाडौँ महानगरपालिका–५ गहनापोखरी क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका राउतबाट घुस रकम र एक थान मोबाइल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै