• २०८३ बैशाख ८ मंगलबार

तुईन खोला पुल क्षेत्रमा राखियो दुई फ्लड लाइट

तुईन खोला पुल क्षेत्रमा राखियो दुई फ्लड लाइट

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै माथिबाट ढुंगा खस्ने क्रम नरोकिएपछि रातिमा यात्रा गर्दा सावधानी अपनाउन फ्लड लाइट जडान गरिएको छ ।

सडक डिभिजन भरतपुरले तुइन खोला पुल नजिकै माथिबाट कुनै पनि समयमा ढुंगा खस्न सक्ने संभावना भएकोले रातको समयमा पनि उक्त स्थान स्पष्ट देखिन सक्ने गरि २ वटा फ्लड लाइट जडान गरिएको जानकारी दिएको छ । 

साथै डिभिजनले ओभरटेक नगरी संयमित भई सुरक्षित यात्रा गर्न आग्रह समेत गरेको छ । केहि दिनदेखि सो क्षेत्रमा माथिबाट ढुंगा झर्ने क्रम बढेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै