• २०८३ बैशाख १६ बुधबार

चितवन- १ मा रास्वपाका हरि ढकालले बनाए अग्रता

चितवन- १ मा रास्वपाका हरि ढकालले बनाए अग्रता

काठमाडौँ । चितवन- १ मा रास्वपाका हरि ढकालले अग्रता बनाएका छन् । यसअघि पछाडी रहेका ढकालले पछिल्लो गणनापछि ३५०१ मत प्राप्त गर्दै अग्रता बनाएका हुन् ।

त्यस्तै एमालेका दावा दोर्जे लामाले २१०७ मत प्राप्त गरेका छन् भने राजेन्द्र बुर्लाकोटीले १७५० मत प्राप्त गरेका छन् ।

चितवन- २ मा रवि लामिछानेले १० हजार ८१४ मत प्राप्त गर्दै अग्रता बनाएका छन् भने काँग्रेसकी मिना खरेलले ३ हजार ३१९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै चितवन- ३ मा रास्वपाकी सोबिता गौतमले ९ हजार ८७९ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् भने उनलाई नेकपाकी रेणु दाहालले ५ हजार २५६ मत प्राप्त गरेर पछयारहेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै