• २०८३ बैशाख ४ शुक्रबार

झापामा ६४. २४ प्रतिशत मतदान, मतपेटिका संकलन गरिदै

झापामा ६४. २४ प्रतिशत मतदान, मतपेटिका संकलन गरिदै

झापा । झापामा ६४. २४ प्रतिशत मतदान भएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस अनुसार झापामा ४ लाख ५८ हजार ३६२ मत खसेको छ । जसमा महिला २ लाख ४२ हजार ५७५ र पुरुष २ लाख १५ हजार ७८५ जनाले मतदान गरेका छन् । झापामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेका थिए ।

झापाको क्षेत्र नम्बर १ मा ६३.९५ प्रतिशत. क्षेत्र नम्बर २ मा ६५.२५ प्रतिशत, क्षेत्र नम्बर ३ मा ६२.७९ प्रतिशत, क्षेत्र नम्बर ४ मा ६३.८५ प्रतिशत र क्षेत्र नम्बर ५ मा ६५.११ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले झापाको मतपेटिका संकलन गर्ने काम भइरहेको र संकलन गरेर सकिएपछि सर्बदलीय बैठक बसेर मतगणना बारे निर्णय गर्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै