• २०८२ फाल्गुण २५ सोमबार

सोविता गौतमको अभिव्यक्तिप्रति आदिवासी जनजातिको आपत्ति

kharibot

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चितवन-३ मा उम्मेदवार रहेकी सोविता गौतम विवादमा परेकी छन्  ।

गौतमले आदिवासी जनजाति समुदायप्रति विवादित अभियक्ति दिएपछि उनको आलोचना भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् सचिवालय चितवनले गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

सोविताले चुनावी सम्बोधनका क्रममा आदिवासी जनजाति पैसामा बिक्ने भन्दै अभिव्यक्ति दिएपछि उनको सो अभिव्यक्तिप्रति आपत्ति जनाइएको छ ।उनले चितवनमा आफ्नो सम्बोधनका क्रममा वीर, इमानदार र सचेत आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने वर्ग’ भन्दै टिप्पणी गरेकी थिइन् । महासंघको चितवन परिषदले गौतमलाई आफ्नो अभिव्यक्तिप्रति माफिउ माग्न  आग्रह गर्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै