• २०८३ बैशाख १६ बुधबार

वेस्ट इन्डिजले भारतलाई दियो १९६ रनको लक्ष्य

वेस्ट इन्डिजले भारतलाई दियो १९६ रनको लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिजले भारतलाई १९६ रनको लक्ष्य दिएको छ ।

जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको अन्तिम खेलमा वेस्ट इन्डिजले १९६ रनको लक्ष्य दिएको हो । टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको हो । 

वेस्ट इन्डिजका लागि रोस्टन चेजले सर्बाधिक ४० रन बनाए भने जासन होल्डरले अविजित ३७, रोभमन पावेलले ३४, कप्तान शाइ होपले ३२ र शिमरन हिटमेयरले २७ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर जसप्रित बुमराहले २ विकेट लिए भने हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक एक विकेट लिए ।

सुपर आठको यो अन्तिम खेलमा जित्ने टिम सेमिफाइनलमा पुग्ने छ भने पराजित हुने देशको विश्वकप यात्रा टुंगिने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै