बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही- २ मा नेपाली काँग्रेसका उम्मेद्वार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ ।
राप्रपाका रुपन्देही- २ का अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा राप्रपाको उम्मेदवार नरहेको अवस्थामा कांग्रेससँग एजेन्डा नजिक भएको भन्दै चुन्न प्रसाद पौडेललाई समर्थन गर्ने जानकारी दिएका हुन् ।
यस क्षेत्रमा राप्रप्राबाट कर्भिका थापाले उम्मेदवारी दर्ता गराएकी भएपनि स्थायी आवसीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि नपुगेकाले उम्मेदवारी फिर्ता गरेकी थिइन् । उनले उम्मेद्वारी फिर्ता लिएपछि राप्रपा रुपन्देही २ मा उम्मेदवारविहिन बन्न पुगेको थियो ।
२०७९ को निर्वाचनमा पनि राप्रपाको यस क्षेत्रमा उम्मेदवार थिएन भने समानुपातिकतर्फ राप्रपाले चौथो धेरै मत ५६ सय प्राप्त गरेको थियो ।









