• २०८३ बैशाख ४ शुक्रबार

ब्रुज खलिफा नजिक विस्फोट, दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

ब्रुज खलिफा नजिक विस्फोट, दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ । दुबईको विश्वकै ठुलो भवन ब्रुज खलिफा नजिक आक्रमण भएको छ । सामाजिक सञ्जालमा ब्रुज खलिफा भवन नजिक विस्फोट भएको देखिएको छ । 

गल्फ न्यूजका अनुसार इरानले युएईसहितका देशमा आक्रमण शुरु गरेपछि ब्रुज खलिफाको सबै अप्रेशन बन्द गरिएको उल्लेख गरेको छ । आक्रमणमा मानवीय क्षति भएको बारे स्पष्ट जानकारी प्राप्त भएको छैन । 

इरानले आक्रमण शुरु गरेपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक लगातार विस्फोटको आवाज सुनिएपछि दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

मध्यपूर्वका दोहा र अबुधाबी लगायत विभिन्न सहरमा प्रहार गरिएका क्षेप्यास्त्रहरू आकाशमै निष्क्रिय पारिएको जनाइएको छ ।

यसैबीच दुबईको प्रसिद्ध कृत्रिम टापु पाम जुमेराह क्षेत्रमा पनि ठूलो विस्फोटको आवाजसँगै धुवाँ उडेको देखिएको छ । त्यहाँ रहेको एक होटल नजिक आगलागी भएको र घटनामा चार जना घाइते भएको अधिकारीहरूले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार होटल क्षेत्रबाट बाक्लो कालो धुवाँ उठिरहेको देखिएको थियो भने घटनास्थलतर्फ एम्बुलेन्सहरू तीव्र गतिमा पुगेका थिए ।

दुबई सञ्चार कार्यालयले पाम जुमेराह क्षेत्रको एक भवनमा भएको घटनाका कारण आगलागी भएको पुष्टि गर्दै आगो अहिले नियन्त्रणमा आइसकेको जनाएको छ । घाइते चार जनालाई उपचारका लागि अस्पताल पठाइएको पनि जनाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै