• २०८२ फाल्गुण २५ सोमबार

काठमाडौँबाट मध्यपूर्वका विभिन्न देशमा जाने अन्तर्राष्ट्रिय उडान रद्ध

kharibot

काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि हवाई उडान प्रभावित बनेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका हुन् । त्रिभुवन विमानस्थलका अनुसार शारजाह, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो र रातिका सबै उडान रद्द गरिएको छ ।

यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ । यसअघि काठमाडौँबाट साउदीका लागि उडेको एयर अरेबियाको विमान ओमानमा अवतरण गराइएको छ ।

यसैबीच नेपाली हिमालय एयरलाइन्सले मध्यपूर्वका दुबई, दमाम र दोहाका सबै उडान अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै