• २०८३ बैशाख ८ मंगलबार

रास्वपाले भन्यो- बालेन र रविले मोदीलाई लेखेको भनिएको पत्र नक्कली, भ्रममा नपरौं

रास्वपाले भन्यो-  बालेन र रविले मोदीलाई लेखेको भनिएको पत्र नक्कली, भ्रममा नपरौं

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको भनिएको पत्र किर्ते भएको स्पष्ट गरेको छ ।

रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर भएको उल्लेख गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेको दाबी गरिएको पत्र पूर्ण रूपमा नक्कली, किर्ते र कपोलकल्पित रहेको स्पष्ट गरेका छन् ।

खनालले संवेदनशील विषयहरूमा दुई जिम्मेवार व्यक्तिको नाम जोडेर भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य भएको उल्लेख गर्दै आगामी फागुन २१ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र द्विपक्षीय सम्बन्धमा खलल पुर्‍याउने उद्देश्यले यस्ता प्रचारबाजी गरिएको स्पष्ट देखिएको बताएका छन् ।

उनले भनेका छन्- 'हामी सम्पूर्ण सञ्चारकर्मी, पत्रकार मित्रहरू तथा सञ्चार गृहहरूलाई यस्ता संवेदनशील र राष्ट्रिय महत्त्वका विषयमा समाचार सम्प्रेषण गर्नुअघि तथ्यको गम्भीर जाँचबुझ गर्न र जिम्मेवार बन्न हार्दिक अनुरोध गर्दछौं। द्विपक्षीय सम्बन्ध र सामाजिक सदभावमा आँच आउने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन हामी आग्रह गर्दछौं । साथै, आम सर्वसाधारणलाई पनि निर्वाचनको मुखमा फैलाइएका यस्ता फेक न्यूज र भ्रामक प्रचार पछि नलाग्न र सचेत रहन सबैमा अपिल गर्दछौं । यस्ता अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै