• २०८३ बैशाख ४ शुक्रबार

अभिनेत्री नम्रताले गरिन् विवाह

अभिनेत्री नम्रताले गरिन् विवाह

काठमाडौँ । अभिनेत्री नम्रता सापकोटा वैवाहिक जीवनमा बाँधिएकी छन् । नम्रताको निजी निवास काठमाडौंमा दुई पक्षका सीमित पारिवारिक सदस्यको मात्र उपस्थिति रहेको थियो ।

नम्रताले बुधबार साँझ मेहन्दी समारोहको एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिन लागेको जानकारी गराएकी थिइन् । तर, उनले श्रीमानबारे कुनै जानकारी दिएकी छैनन् । 

२०७८ सालमा नम्रता आफ्नो एक अभिव्यक्तिका कारण समाजिक सञ्जालमा निकै ट्रोल भएकी थिइन् । उनले अबको तीन-चार वर्षमा आफ्नो विवाह नभए बच्चा भने जन्माउने बताएकी थिइन् । 

कामको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म ‘नम्बरी सुन’मा देखिएकी थिइन् । सन् २०१३ मा प्रदर्शन भएको फिल्म ‘अन्तराल’बाट डेब्यु गरेकी उनले अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै