काठमाडौँ । परराष्ट्रमन्त्री बाला नन्द शर्मासँग नेपालका लागि गणतन्त्र टर्कीका नवनियुक्त गैरआवासीय राजदूत अली मुरात एर्सोयले शिष्टाचार भेट गरेका छन्।
बुधबार आज परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र टर्कीबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र गहिरो बनाउने सम्भावनाका विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयले जनाएको छ । दुई देशबीचको सहयोग विस्तार गर्ने विषयमा पनि विचार आदान- प्रदान भएको बताइएको छ।









