• २०८३ बैशाख १५ मंगलबार

रेशम चौधरी उम्मेदवार बन्न नपाउने

रेशम चौधरी उम्मेदवार बन्न नपाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने भएका छन् ।

सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाले चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरिदिएपछि उनी सर्वोच्च गएका थिए ।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउने कानुनी प्रावधानअनुसार निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन खारेज गरेको थियो ।

थाहरुट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुर भएको घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालककको हत्या भएको थियो । सो घटनामा मुख्य योजनाकार रहेको अभियोगमा चौधरीलाई तीनैतहका अदालतले दोषी ठहर गरेको थियो । चौधरीलाई गणतन्त्र दिवसको अवसरमा २०८० जेठ १४ मा बाँकी सजाय मिनाह गरे पनि यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै