• २०८२ माघ २६ सोमबार

उम्मेदवारको सामाजिक सञ्जालको खर्च निगरानी गर्दै आयोग

kharibot

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालमा गर्ने खर्चको निगरानी गर्ने भएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सामाजिक सञ्जालमा हुने खर्च प्राविधिक रूपमा सहजै पहिचान गर्न सकिने भएकाले त्यसको कडाइका साथ अनुगमन गरिने जानकारी दिए ।

उनले भने- 'अहिले कुन संस्थाले वा उम्मेदवारले सोसल मिडियामा कति खर्च गर्‍यो भन्ने कुरा हेर्न गाह्रो छैन। प्राविधिक रूपमा हामी सजिलै हेर्न सक्छौँ ।' उनका अनुसार सामाजिक सञ्जालमा गरिएको खर्चलाई पनि निर्वाचन खर्चकै रूपमा गणना गरिने र उक्त खर्च उम्मेदवारका लागि तोकिएको खर्च सीमाभित्र परेको छ कि छैन भन्ने विषयमा आयोगले निगरानी गर्ने स्पष्ट गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले निर्वाचनका बेला हुने फजुल खर्च नियन्त्रण गर्न र आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गराउन प्रविधिको प्रयोग बढाइने जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै