• २०८२ माघ २६ सोमबार

को कसले जिते ग्रामी अवार्ड ?

kharibot

काठमाडौँ । यस बर्षको ६८औं ग्रामी अवार्ड २०२६ लस एन्जलसमा आयोजना गरिएको छ । केन्ड्रिक लामारले सर्वश्रेष्ठ र्‍याप एल्बम अवार्ड जितेर इतिहास रचेका छन् । अब उनले यस श्रेणीमा सबैभन्दा धेरै ग्रामी नामांकनको रेकर्ड बनाएका छन् । त्यस्तै तिब्बती आध्यात्मिक नेता दलाई लामाले पनि आफ्नो पहिलो ग्रामी अवार्ड दिइएको छ ।

केन्ड्रिक लामारले यस वर्ष ९ ग्रामी नामांकन प्राप्त गरेका थिए । उनले धेरै प्रमुख पुरस्कारहरू जितेका छन् । अब उनको कुल २६ ग्रामी अवार्डहरू छन् । उनले सर्वश्रेष्ठ र्‍याप एल्बम र सर्वश्रेष्ठ र्‍याप गीत जितेर हिप-हप संगीतमा इतिहास रचे । यो जितसँगै, केन्ड्रिकले जे-जेडको रेकर्ड तोडेका छन् ।

यस वर्षको ग्रामी अवार्डमा पप र र्‍याप मात्र नभई आध्यात्मिकताको झलक पनि प्रदर्शन गरिएको थियो । ९० वर्षको उमेरमा, तिब्बती आध्यात्मिक नेता दलाई लामाले सर्वश्रेष्ठ अडियोबुक, कथा, वा कथा कथन श्रेणीमा आफ्नो पहिलो ग्रामी अवार्ड जितेका छन् । उनले यो पुरस्कार आफ्नो एल्बम "मेडिटेशन: द रिफ्लेक्सन्स अफ हिज होलिनेस द दलाई लामा" को लागि प्राप्त गरेका हुन् ।

त्यस्तै लेडी गागा, प्रख्यात निर्माता सर्कुट र ज्याक एन्टोनफले सात-सात मनोनयन प्राप्त गरेका थिए । तीनै जनालाई फरक फरक विधामा मनोनयन गरिएको थियो । त्यसपछि ब्याड बन्नी, लियोन थोमस र सबरीना कारपेन्टरले छ-छ मनोनयन प्राप्त गरेका छन् ।

६८औं ग्रामी अवार्ड समारोहमा धेरै प्रसिद्ध कलाकारहरूले शानदार प्रदर्शन गरेका थिए । लेडी गागा, जस्टिन बीबर, फेरेल विलियम्स र पप सनसनी सबरीना कारपेन्टरले आफ्ना हिट गीतहरूको प्रदर्शनले दर्शकहरूलाई मोहित पारेका थिए ।

अवार्ड विजेताको सूची:

वर्षको एल्बम: ब्याड बन्नी- डेबी टिरार मास फोटोस 

वर्षको रेकर्ड: केन्ड्रिक लामार र एसजेडए- लुथर

वर्षको गीत: बिली एलिस- वाइल्डफ्लोवर 

सर्वश्रेष्ठ नयाँ कलाकार- ओलिभिया डीन

सर्वश्रेष्ठ पप भोकल एल्बम: लेडी गागा- मेहेम

सर्वश्रेष्ठ पप सोलो परफरमेन्स: लोला योंग- मेसी   

सर्वश्रेष्ठ अडियोबुक, कथा र कथा कथन: दलाई लामा

सर्वश्रेष्ठ पप एकल प्रदर्शन: सबरीना कार्पेन्टर- म्यानचाइल्ड

सर्वश्रेष्ठ पप जोडी/समूह प्रदर्शन: सिन्थिया एरिभो र एरियाना ग्रान्डे- डिफाइङ ग्राभिटी

सर्वश्रेष्ठ नृत्य/इलेक्ट्रोनिक एल्बम: एफकेए ट्विग्स - इयूएसइएक्सयुए 

सर्वश्रेष्ठ नृत्य पप रेकर्डिङ: लेडी गागा- अब्राकाडाब्रा

सर्वश्रेष्ठ रक एल्बम: नेभर इनफ- टर्नस्टिल

सर्वश्रेष्ठ रक प्रदर्शन: यंगब्लड- चेन्जेज (लाइभ फ्रम भिल्ला पार्क)

सर्वश्रेष्ठ र्‍याप एल्बम: केन्ड्रिक लामार- जीएनएक्स 

सर्वश्रेष्ठ र्‍याप प्रदर्शन: डोइची- एङजाइटी 

सर्वश्रेष्ठ मेलोडिक र्‍याप प्रदर्शन: केन्ड्रिक लामार र एसजीए- लुथर

सर्वोत्तम आर एन्ड बी प्रस्तुति: केहलानी- आफ्टर आवर्स

सर्वोत्तम आर एन्ड बी एल्बम: लियोन थोमस- म्यूट

भिजुअल मिडियाका लागि लेखिएको सर्वोत्कृष्ठ गीत: के पप डेमन हन्टर्सबाट गोल्डेन (के-पपको पहिलो जित)

सर्वोत्तम संगीत फिल्म: स्टीवन स्पिलबर्ग- जोन विलियम्स द्वारा संगीत (इजीओटी स्थिति प्राप्त)

सर्वोत्तम वैकल्पिक संगीत एल्बम: टायलर, द क्रिएटर- डोन्ट ट्याप द ग्लास)

ज्याज भोकल एल्बम: सामारा जोय- पोट्रेट

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै