• २०८३ बैशाख ४ शुक्रबार

युरोपले ठुलो गल्ति गर्यो, द्वन्दलाई बढावा दिदैछ- इरानी विदेशमन्त्री अब्बास

युरोपले ठुलो गल्ति गर्यो, द्वन्दलाई बढावा दिदैछ- इरानी विदेशमन्त्री अब्बास

काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले युरोपेली युनियनको कडा अलोचाना गर्दै ठुलो गल्ति गरेको आरोप लगाएका छन् । 

युरोपीयन युनियनले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सलाई आफ्नो आतंकवादी सूचीमा थपेर ठूलो गल्ती गरेको बताएका हुन् । उनले भने- 'धेरै देशहरूले यस क्षेत्रमा युद्ध रोक्न खोजिरहेका छन् । तर एउटा पनि युरोपेली देश तिनीहरूमध्ये छैन ।'

अराघचीले युरोपले द्वन्द्वलाई थप बढावा दिइरहेको समेत आरोप लगाएका छन् । अराघचीले भने- 'संयुक्त राज्य अमेरिकाको आदेशमा, उनीहरूले हाम्रो राष्ट्रिय सेनालाई 'आतंकवादी संगठन' घोषणा गरेर अब अर्को ठूलो रणनीतिक गल्ती गरेका छन् ।'

इरानमा हालैका हप्ताहरूमा प्रदर्शनकारीहरूमाथि भएको कारबाहीको प्रतिक्रियामा युरोपेली संघ (इयू) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सलाई आफ्नो 'आतंकवादी सूची' मा थपेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै