• २०८३ जेठ १७ आइतबार

कांग्रेसको जनकपुरधाममा हुने भनिएको मधेस सभा स्थगित

कांग्रेसको जनकपुरधाममा हुने भनिएको मधेस सभा स्थगित

जनकपुरधाम । नेपाली काँग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनेको मधेस सभा स्थगित गरेको छ ।

मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गरेको हो । उनले भनेका छन्- 'निर्वाचन आयोगको आचारसंहिताका कारण यही माघ १६ गते जनकपुरमा नेपाली कांग्रेसले आयोजना गरेको विशाल मधेस सभा कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी गराइन्छ ।'

उनले कार्यक्रमको नयाँ मिति र तालिका पछि सार्वजनिक गरिने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै