• २०८३ बैशाख १६ बुधबार

एमाले ओखलढुंगा जिल्ला कमिटी नेकपामा समाहित

एमाले ओखलढुंगा जिल्ला कमिटी नेकपामा समाहित

काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमल न्यौपाने,सचिव अशोक थापा,उपसचिव राजीव कटुवालसहितका नेताहरु नेकपामा समाहित भएका हुन् ।

प्रतिनिधि सभाको टिकट वितरणमा केन्द्रले अन्याय गरेको भन्दै उनीहरुले पार्टीबाट विद्रोह गरेर नेकपामा समाहित भएका छन् । उनीहरुले जिल्लाले सिफारिस गरेका अम्बिरबाबु गुरुङलाई केन्द्रले टिकट नदिएर केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका थिए ।

एमालेमा टिकट नपाएपछि गुरुङ नेकपाबाट उम्मेदवार बनेका थिए । उनीहरुलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले स्वागत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै