• २०८३ जेठ ३ आइतबार

यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर

यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर

काठमाडौँ । मेक्सिकोको मेक्सिको सिटी विश्वकै सबैभन्दा बढी ट्राफिक जाम हुने शहर बनेको छ ।

टमटम ट्राफिक इन्डेक्सले सार्बजनिक गरेको सूचकांकमा मेक्सिको सिटीको औसत ट्राफिक जामको स्तर ७५.९ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा ३.६ प्रतिशतले घटेको हो । मेक्सिको सिटीमा ४.४ किमी पर औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । मेक्सिको सिटीमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १८४ घण्टा समय बिताउने गर्दछन् ।

यस सूचीमा भारतको बैंगलुरु शहर दोस्रो स्थानमा छ । बैंगलुरुको औसत ट्राफिक जामको स्तर ७४.४ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा १.७ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४.२ किमी पर औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै बैंगलुरुमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १६८ घण्टा समय बिताउने गर्दछन् । 

त्यसैगरी यस सूचीको तेस्रो स्थानमा आयरल्याण्डको डब्लिन शहर रहेको छ ।  डब्लिनको औसत ट्राफिक जामको स्तर ७२.९ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा १.७ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४.४ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै डब्लिनमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १९१ घण्टा समय बिताउने गर्दछन् । 

यस सूचीको चौथो स्थानमा  पोल्याण्डको लोडज शहर रहेको छ । लोडजको औसत ट्राफिक जामको स्तर ७२.८ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा १.१ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ५.६ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै लोडजमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १३५ घण्टा समय बिताउने गर्दछन् । 

यस सूचीमा पाँचौं स्थानमा भारतको पुणे शहर रहेको छ । पुणेको औसत ट्राफिक जामको स्तर ७१.१ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा ५.४ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४.५ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै पुणेमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १५२ घण्टा समय बिताउने गर्दछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै