• २०८३ जेठ २३ शनिबार

एमालेबाट काठमाडौँ- ५ मा ईश्वर पोखरेल बने उम्मेदवार

एमालेबाट काठमाडौँ- ५ मा ईश्वर पोखरेल बने उम्मेदवार

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं–५ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । 

शनिबारको सचिवालय बैठकले काठमाडौं–५ को उमेदवार होल्ड गरेकोमा अन्तत: सो क्षेत्रमा पोखरेललाई नै टिकट दिइएको हो । पोखरेल पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएका थिए ।

गत निर्वाचनमा पोखरेल सो क्षेत्रबाट काँग्रेसका प्रदीप पौडेलसँग ५ हजारभन्दा बढी मत अन्तरले पराजित भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै