• २०८३ बैशाख ११ शुक्रबार

विश्वकप ग्लोबल क्वालिफार्यस: पहिलो दिन नेदरल्याण्डस, आयरल्याण्ड, बंगलादेश र थाइल्याण्ड विजयी

विश्वकप ग्लोबल क्वालिफार्यस: पहिलो दिन नेदरल्याण्डस, आयरल्याण्ड, बंगलादेश र थाइल्याण्ड विजयी

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको पहिलो दिनका चार खेल सम्पन्न भएका छन् । 

पहिलो दिन समुह ए का आयरल्याण्ड र बंगलादेश विजयी भएका छन् भने समुह बी बाट थाइल्याण्ड र नेदरल्याण्डस विजयी भएका छन् ।

टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा समुह बी अन्तर्गत थाइल्याण्डले घरेलु टिम नेपालमाथि ८ विकेटको जित हासिल गरेको थियो । त्यस्तै टियु मैदानमै सम्पन्न  समुह बी को अर्को खेलमा नेदरल्याण्डसले जिम्बाबेलाई २२ रनले पराजित गरेको थियो ।  

त्यस्तै माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको समूह ए अन्तर्गतको दोस्रो खेलमा  बंगलादेशले अमेरिकालाई २१ रनले पराजित गरेको थियो ।  त्यसैगरी माथिल्लो मुलपानी मैदानमै सम्पन्न समुह ए अर्को खेलमा आयरल्यान्डले पीएनजीलाई ४१ रनले पराजित गरेको थियो । 

अब मंगलबार समुह ए अन्तर्गत बंगलादेशले पीएनजीसँग खेल्ने छ भने समुह ए कै नामिबियाले अमेरिकाको सामना गर्ने छ । त्यसैगरी मंगलबार समुह बी अन्तर्गत नेदरल्याण्डसले स्कटल्याण्डको सामना गर्ने छ भने थाइल्याण्डले जिम्बाबेको सामना गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै