• २०८३ बैशाख १७ बिहीबार

एआर रहमानको अन्तर्वार्ता विवादमा, किन दिनुपर्यो स्पष्टीकरण ?

एआर रहमानको अन्तर्वार्ता विवादमा, किन दिनुपर्यो स्पष्टीकरण ?

काठमाडौँ । बलिवुडका संगीतकार एआर रहमानको बीबीसीसँगको अन्तर्वार्ता विवादमा परेपछि आफ्नो स्पष्टीकरण दिदै भारतीय भएकोमा गर्व गरेको बताएका छन् ।

उनले एक भिडियो सन्देश जारी गर्दै बीबीसीसँगको अन्तर्वार्तामा उनले दिएको बयानलाई लिएर विवाद भइरहेको विषयमा स्पष्ट समेत पारेका छन् ।

रहमानले अन्तर्वार्तामा उनले फिल्म उद्योगमा कामको अभाव र भेदभावको बारेमा टिप्पणी गरेका छन् । रहमानले भने- 'संगीत सधैं मेरो लागि संस्कृतिसँग जोडिने, उत्सव मनाउने र सम्मान गर्ने माध्यम भएको छ। भारत मेरो प्रेरणा, मेरो शिक्षक र मेरो घर हो ।'

उनले अगाडी भनेका छन्- 'म बुझ्छु कि कहिलेकाहीं कसैको मनसायलाई गलत बुझिन सक्छ । तर मेरो उद्देश्य सधैं संगीत मार्फत सम्मान र सेवा देखाउनु रहेको छ । मेरो मनसाय कहिल्यै कसैलाई चोट पुर्‍याउने थिएन, र मलाई आशा छ कि मेरो इमानदारीलाई मान्यता दिइनेछ ।'

उनले आफु भारतीय भएकोमा गर्व गर्ने बताउदै यो पहिचानले आफूलाई अभिव्यक्त गर्ने ठाउँ, अभिव्यक्ति स्वतन्त्रता र विभिन्न संस्कृतिहरूबाट आवाज सुन्ने अवसर दिएको बताएका छन् । संस्कृतिहरूमा आफ्नो संगीतमय कार्यलाई सम्झँदै एआर रहमानले यी सबैले उनको उद्देश्यलाई बलियो बनाएको बताएका छन् ।

उनले भने- 'म यस देशप्रति आभारी छु र विगतलाई सम्मान गर्ने, वर्तमानमा बाँच्ने र भविष्यलाई प्रेरणा दिने संगीतप्रति प्रतिबद्ध छु ।'

बीबीसीलाई दिएको अन्तर्वार्तामा रहमानले बलिवुडमा कामको लागि साम्प्रदायिकता झल्किने संकेत गरेपछि विवाद भएको थियो । उनेल आफु काम माग्न नजाने तर कसैले पनि उनलाई सिधै नभने पनि केही कानेखुशी आफुले सुनेको बताएका थिए ।

रहमानको भनाईप्रति जावेद अख्तर, शोभा डेसहितका बलिवुडका सिनियरहरुले आलोचना गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै