• २०८३ बैशाख ८ मंगलबार

सिमलतालमा पहिरोमा परेर बेपत्ता बसको अवशेष त्रिशुली किनारमा भेटियो

सिमलतालमा पहिरोमा परेर बेपत्ता बसको अवशेष त्रिशुली किनारमा भेटियो

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बेपत्ता दुई बसको अवशेष त्रिशुली किनारमा भेटिएको छ । 

बसका अवशेष बालुवाले पुरिएको अवस्थामा भेटिएको हो । बसको अवशेष तीन दिन अघि स्थानीय रोशन भुजेलले भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।  दुर्घटना भएको करिब ३०० मिटर तल बसको अवशेष भेटिएको हो । 

२०८१ को असार २८ गते बिहान करिब ३ बजे दुवै बसमा सिमतालमा पहिरोले बगाएपछि बेपत्ता रहेका थिए । बसमा ६२ जना यात्रा रहेको र तीन जना मात्र बच्न सफल भएका थिए । फेला परेका चौबिस जनाका शवमध्ये १९ जनाको मात्र सनाखत हुन सकेको थियो । बसमा रहेका ३५ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै