• २०८२ माघ ५ सोमबार

झरी पछिको इन्द्रेणी करोड कमाई गर्न संघर्षरत, अन्यले कति कमाए ?

kharibot

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पुस १९ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म झरी पछिको इन्द्रेणीले ९३ लाख ८३ हजार ५१६ कमाई गरेको छ । फिल्मले अहिलेसम्म २९ हजार ६८३ टिकट बिक्री भएको छ ।  

त्यस्तै परानले अहिलेसम्म करिब १७ करोडभन्दा बढी कमाई गरेको छ । परानले अहिलेसम्म १७ करोड ७१ लाख १७ हजार ८३० ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ६ लाख २८ हजार ७९३ टिकट बेचेको छ ।

त्यस्तै निकै प्रचार गरिएको अभिमन्यु च्याप्टर-१  भने बक्स अफिसमा असफल भएको छ । यस फिल्मले अहिलेसम्म २१ लाख ५८ हजार ४०२ ग्रस कमाई गरेको छ । यस फिल्मका ६ हजार ८९२ टिकट बिक्री भएको छ । 

त्यस्तै फिल्म पीआरले ६ लाख ८२ हजार २८३ कमाई गरेको छ भने हर्षले २८ लाख ७८ हजार ५३६ कमाई गरेको छ । त्यस्तै फिल्म मुगलानले ६ लाख ५ हजार २९४ कमाई गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै