• २०८२ पौष २१ सोमबार

मादुरोलाई पक्राउ गरिएकोप्रति न्यूयोर्कका मेयर ममदानीको विरोध

kharibot

काठमाडौँ । अमेरिकाको न्यूयोर्कका मेयर जोहरान ममदानीले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरिएको घटना 'युद्धको कार्य' र 'संघीय र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन' भएको बताएका छन् ।

मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्कमा कैद गर्ने योजनाको बारेमा आफुलाई जानकारी दिइएको बताउदै ममदानीले यस घटनामा आफ्नो धारणा स्पष्ट गरेका हुन् ।

मेयर ममदानीले भनेका छन्- 'शासन परिवर्तनको यो स्पष्ट प्रयासले न्यूयोर्कका मानिसहरू र शहरमा बस्ने भेनेजुएलाका मानिसहरूलाई प्रत्यक्ष असर गर्नेछ । मेरो प्राथमिकता उनीहरूको सुरक्षा र प्रत्येक न्यूयोर्कवासीको सुरक्षा हो । मेरो प्रशासनले परिस्थितिको निगरानी गर्न र आवश्यकता अनुसार निर्देशन जारी गर्न जारी राख्नेछ ।'

भेनेजुएलाको राजधानी काराकसमा शनिबार बिहान भएको विस्फोटपछि, अमेरिकाले राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेर न्यूयोर्क ल्याएको छ । उनलाई लागूऔषध तस्करी र अमेरिकी जनतालाई हानि पुर्याएको आरोपमा अमेरिकामा मुद्धा लगाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै