Skip This
  • २०८२ चैत ९ सोमबार

चेल्सीका मुख्य प्रशिक्षक एन्जो मारेस्का बर्खास्त

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक एन्जो मारेस्कालाई बर्खास्त गरेको छ । 

चेल्सीले विहिबार विज्ञप्ति जारी गर्दै मारेस्का क्लबसँग अलग भएको घोषणा गरेको हो । इटालियन प्रशिक्षक मारेस्कालाई तत्कालदेखि लागु हुने गरि चेल्सीले हटाएको हो । 

जुलाई १, २०२४ देखि चेल्सीको प्रशिक्षक बनेका मारेस्काले चेल्सीलाई २०२५ को फिफा क्लब विश्वकप र २०२४-२५ सिजनको युइएफए कन्फेरेन्स लिग जिताएका थिए । उनको नेतृत्वमा चेल्सीले ९२ खेल खेल्दा ५५ जित, १६ बराबरी र २१ हार बेहोरेको छ ।  

मारेस्कालाई बर्खास्त गरेसँगै चेल्सीले नयाँ प्रशिक्षकको खोजी तिब्र बनाएको छ । मिडिया रिपोर्टका अनुसार चेल्सीले हाल आफ्नै सिस्टर क्लब स्ट्रासबर्गको इन्चार्ज रहेका लियाम रोसेनियरलाई प्रशिक्षक बनाउन सक्ने अनुमान गरिएको छ । उनले पहिले कहिल्यै प्रिमियर लिगमा प्रशिक्षण दिएका छैनन्, तर डर्बी र हल सिटीमा प्रशिक्षण टिममा काम गरेको अनुभव रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै