• २०८३ बैशाख १७ बिहीबार

रास्वपालाई आशिका तामाङको कटाक्ष- निमुखाको कोटामा मिस नेपाल !

रास्वपालाई आशिका तामाङको कटाक्ष- निमुखाको कोटामा मिस नेपाल !

काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सुचिमा प्रश्न उठाएकी छन् ।

रास्वपाको नाम उल्लेख नगरी आशिकाले निमुखा बर्ग र जातिहरुका लागि छुट्याइएको कोटामा मिस नेपाल राखेको भन्दै पुरानाले प्रश्न उठाउने गरि नयाँले गल्ति गरेको बताएकी छन् । उनले ससुरा बा, देश बेचुवा ठेकेदारको छोरा, आफ्नो आगडि पछाडि दौडिरहने आसेपासे, हुँदा हुँदा छिमेकी र अझ त्यतिले नपुगेर सानोमा स्कुल पढ्ने साथी सांसद र मन्त्री हुने अबसर पाएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्- 

मलाई त लागेको थियो नयाँ बाट एउटा पनि गल्ती हुने छैन र पुराना ले औंला उठाउने मौका पाउने छैनन् ! तर त्यस्तो त होइन रहेछ, यहाँ त निमुखा बर्ग र जातीहरु लागि छुट्याइएको कोटाहरु मा त मिस नेपाल हुने रहेछन्, आफ्नो ससुराबा, देश बेचुवा ठेकेदार को छोरा , आफ्नो आगडि पछाडि दौडिरहने आसेपासे , हुँदा हुँदा छिमेकी र  अझ त्यतिले नपुगेर सानो मा स्कुल पढ्ने साथी सांसद र मन्त्री हुने अबसर पाउने रहेछ !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै