Skip This
  • २०८२ चैत ९ सोमबार

एन्फा वुमन्स च्याम्पियनसिप माघ ३ गतेदेखि उदयपुरमा हुने

kharibot

काठमाडौं । एन्फा वुमन्स च्याम्पियनसिपमा १० टिमको सहभागिता हुने भएको छ । 

उदयपुरको थरुहट रंगशालामा आगामी माघ ३ गतेदेखि १० गतेसम्म हुने प्रतियोगिताको सोमबार ड्र गरिएको छ ।

प्रतियोगितामा पुलिससँगै सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, संकटा एफसी, न्युरोड टिम (एनआरटी), गाईघाट एफसी, छाहरी युथ क्लब, आरएस रिसोर्ट र एफसी रियाले गरी कुल १० टिमको सहभागिता रहने एन्फाले जानकारी दिएको छ ।

खेल तालिका अनुसार माघ ३ गते उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र एफसी रियालेले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै