काठमाडौँ । मध्यम साइज मोटरसाइकल सेग्मेन्ट मा विश्वकै अग्रणी रोयल एनफिल्डले आफ्नो लोकप्रिय स्ट्रीट रोडस्टरको अत्याधुनिक संस्करण बीएस भीआई न्यू हन्टर ३५० नेपाली बजारमा सार्वजनिक गरेको छ ।
'वर्ल्ड कुलेस्ट नेबरहूडस' बाट प्रेरित यस २०२५ संस्करणमा रियो ह्वाइट, टोकियो ब्ल्याक, लण्डन रेड र ग्राफिट ग्रे लगायतका चार नयाँ रंग, सुधारिएको एलइडी हेडलैम्प, नयाँ सस्पेन्सन, बढी ग्राउन्ड क्लियरन्स, डुअल–च्यानल एबीएस र ३५० सीसी सेग्मेन्टमा पहिलो पटक लागू गरिएको स्लिप–असिस्ट क्लचलगायतका विशेषतासहित बीएस भीआई न्यू हन्टर नेपाली बजारमा ल्याइएको छ ।
३४९ सीसी जे–सिरिज इन्जिन, कम्प्याक्ट जियोमेट्री र नियो–रेट्रो डिजाइनसहितको नयाँ हन्टर-३५० मोटरसाइकल युवा र स्टाइल–केन्द्रित राइडरका आवश्यकतासँग मेल खाने गरी चुस्त, सहज र बहुपयोगी बनाइएको छ । २०२२ मा पहिलोपटक लन्च भएको यो मोडेलले विश्वभर ७ लाखभन्दा बढी राइडरहरूको विश्वास जित्दै रोयल एनफिल्डका सबैभन्दा छिटो लोकप्रियता हासिल गर्ने मोटरसाइकलमध्ये एक बनेको छ ।

रोयल एनफिल्डका प्रमुख कमर्शियल अफिसर यादविन्दर सिंह गुलेरियाले नेपाल र रोयल एनफिल्डबीचको गहिरो सांस्कृतिक जडलाई उल्लेख गर्दै नयाँ हन्टर ३५० नेपाली युवाको व्यक्तित्व, शैली र सहरको जीवनशैलीसँग पूर्ण रूपमा मेल खाने मोटरसाइकल भएको बताए । नयाँ हन्टर ३५० को सिंगल टोन भेरियन्ट (रियो ह्वाइट, ड्यापर ग्रे र ग्राफिट ग्रे ) को मूल्य ४ लाख ९४ हजार र ड्युल टोन भेरियन्ट (टोकियो ब्ल्याक, लण्डन रेड र रेबेल ब्लू ) को मूल्य ४ लाख ९९ हजार ९०० तय गरिएको छ ।

रोयल इन्फिल्ड संसारकै सबैभन्दा पुरानो निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्ड हो, जसले सन् १९०१ देखि मोटरसाइकल निर्माण गर्दै आएको छ । ब्रिटिश इतिहास बोकेको यस ब्रान्डले १९५५ मा भारतमा स्थापना भएको उत्पादन केन्द्रसँगै मध्यम क्षमताका मोटरसाइकलको विकासमा महत्वपूर्ण अग्रता हासिल गरेको छ । कम्पनीको ‘प्योर मोटरसाइकलिङ’ भन्ने मुख्य सिद्धान्त नै यसको ब्रान्ड पहिचान निर्माण गर्ने आधार बनेको छ ।










