• २०८२ मङ्सिर २५ बिहीबार

मधेशको प्रदेश सभा बैठक भोलि बिहान साढे ८ बजेका लागि बोलाइयो

kharibot

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भएपछि प्रदेश सभा बैठक बोलाइएको छ ।  उपसभामुख बबिता राउत ईश्वरले बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएकी हुन् । 

सर्वोच्च अदालतले २४ घण्टाभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन परमादेश जारी गरेपछि पत्र प्रतिलिपी पाएको आधारमा मंगलबार प्रदेश सभालाई विश्वासको मत लिने वातावरण मिलाइदिन पत्र पठाएका थिए । 

उनले दिउँसो २ बजेका लागि बैठक बोलाइदिन पत्र पठाए पनि मंगलबार साँझ बसेको सर्वदलीय बैठकमा बिहान साढे ८ बजे बैठक बोलाउन सहमति भएअनुसार बैठक आह्वान गरिएको हो । 

मधेश प्रदेशमा कूल १०७ सदस्यीय मध्य मधेश प्रदेशसभा रहेकोमा बहुमतका लागि ५४ प्रदेश सभा सदस्यको आवश्यकता पर्छ । तर, मुख्यमन्त्री यादवसँग हाल  एमालेका २४ जना प्रदेशसभा सदस्य, नेपाल संघीय समाजवादी पार्टीका एकजना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्यको समर्थन छ ।

त्यसैगरी प्रदेस सभा अघि कार्य व्यवस्था परामर्श समितिको बैठक बिहान ७ बजे बोलाइएको छ । 

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका दलका नेता यादवलाई गत कार्तिक २४ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्  ।  सो नियुक्तिपछि मधेश प्रदेशको राजनीति तरंगित बनेको थियो ।  साथै सो नियुक्तिको विरोधमा सर्वोच्चमा कुल तीन रिट दायर भएका थिए । साथै सरकारले प्रदेश प्रमुख भण्डारीलाई समेत पदबाट हटाएर सुरेन्द्र लाभ कर्णलाई नियुक्त समेत गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै