• २०८२ मङ्सिर २५ बिहीबार

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित, चितवन ६ विकेटले पराजित

kharibot

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । जनकपुरका लागि माज सदाकतले ६३ र अनिल शाहले ६१ रन रन बनाएका थिए । त्यस्तै आसिफ सेखले १८ र जान निकोलले ११ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

चितवनका लागि डेभिड मलानले सर्बाधिक ८० रन बनाएका थिए भने अर्जुन साउदले ५२ रन बनाएका थिए । त्यस्तै कप्तान कुशल मल्लले अविजित ३० रन बनाए भने सैफ जैबले ७ र रवि बोपाराले ३ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर माज सदाकत, अनिल शाह, रुपेश सिंह र जान निकोलले एक एक विकेट लिएका थिए ।

जनकपुरको यो पाँच खेलमा पहिलो जित हो भने चितवनले पाँच खेलमा २ जित र ३ हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै