• २०८२ मङ्सिर २५ बिहीबार

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

kharibot

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार सिइओ शेरचनलाई पक्राउ गरेको हो ।

राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको र सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी दुरुपयोग गरेको कसूरमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

शेरचनसँगै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पनि पक्राउ गरेको व्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै