काठमाडौँ । युइएएफ च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले ग्रिसको क्लब ओलम्पियाकोस एफसीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले ओलम्पियाकोसलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले चार गोल गरेका थिए । त्यस्तै ओल्म्पियाकोसका लागि चिक्युन्हो, मेहदी टारेमी र आयुब एल काबीले एक एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडको ५ खेलमा १२ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै ओल्म्पियाकोसको ५ खेलमा २ अंक रहेको छ र अंक तालिकामा ३३औं स्थानमा रहेको छ ।









