काठमाडौँ । विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण हुने भएको छ ।
विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय गरेको जानकारी दिएको हो । एकीकरणको घोषणा आइतबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा हुने बताइएको छ ।
विवेकशील साझाको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको बैकल्पिक राजनीतिक दलवीचको 'बृहत्तर ध्रुबिकरण/ एकीकरण प्रस्ताव' लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णयलाई पारित गरेको हो ।
पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरु दुवै दलका नेतृत्वहरुको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंग्याईने बताइएको छ ।
वैकल्पिक राजनीतिका प्रणेता पार्टीका संस्थापक स्व. उज्वल थापाको योगदान र 'विवेकशील आन्दोलन'लाई लिपीवद्ध गर्ने र प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुई दलवीच एकीकरण भएको विवेकशील साझा पार्टीले जानकारी दिएको छ ।









