Skip This
  • २०८२ मङ्सिर ११ बिहीबार

काँग्रेस केन्द्रीय समितिको बैठक सर्यो

kharibot

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक एक दिन सरेको जानकारी दिएका हुन् । 

आज बिहीबार २ बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अब शुक्रबार २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने पौडेलले जानकारी दिएका छन् । 

यसअघि गत शनिबार बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने निर्णय गरेपनि महाधिवेशन बारेको विवाद कायम रहेको छ ।

संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्ने धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै