हेटौडा । सफ्टी हाइजिन प्रालिलाई १४औं राष्ट्रिय कर दिवसको सन्दर्भमा आन्तरिक राजस्व कार्यलय मकवानपुरले आव. २०८०-८१ को आयकरतर्फ सर्वोत्कृष्ट भई उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ ।
सफ्टी हाइजिनलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदी र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदीले जेन्जी आन्दोलनपछि कर उठ्ने प्रक्रिया अलि सेलाएकोले उद्योगी व्यवसायीहरुको सहयोगको अपेक्षा गरेको बताए । त्यस्तै सफ्टी हाइजिनका अध्यक्ष यादव घिमिरेले आफ्नो मन्तब्यका क्रममा कर तिर्नु भनेको कानुनी दायित्व मात्र नभइ समग्र राष्ट्रको विकासमा योगदान पनि भएको बताए । उनले इमान्दारी पूर्वक कर तिर्ने र कर तिर्न आनाकानी गर्ने सबैलाई राज्यले एउटै बास्केटमा हालेर व्यबहार गर्दा खल्लो लागेको र आगामी दिनमा समग्र कर प्रशासन सुधार गर्न कुर दातालाई सम्मान जनक व्यवहारको खाँचो औल्याए । साथै उनले सरकारले करदातावीच कसैले बढी कर तिर्छ भने प्रतिष्पर्धात्मक वातावरण बनाउन सके राजस्व प्रणालिमा उल्लेख्य्नीय सुधार आउन सक्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिं रानाभाट, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रिनाथ शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
उपभोक्ता माझ अत्यन्तै लोकप्रिय रहेको सफ्टीका सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर, वेवी वाइप्सजस्ता उत्पादनहरु कम्पनीले विगत दश वर्षदेखि उत्पादन तथा विक्री वितरण गदै आइरहेको छ । आगामी दिनमा गुणस्तरमा अझै सुधार गर्दै उपभोक्तामैत्री उत्पादनमा ध्यान दिई उपभोक्ताहरुको मनमनमा बस्ने कोशिश गर्ने कम्पनी निर्देशक विजय पोखरेलले बताए ।









