• २०८२ मङ्सिर १ सोमबार

नर्वे १९९८ पछि पहिलो पटक फिफा विश्वकपमा छनौट

kharibot

काठमाडौँ । नर्वे १९९८ पछि पहिलो पटक फिफा विश्वकपमा छनौट भएको छ ।

गएराती सम्पन्न समुह आइ अन्तर्गतको खेलमा इटालीलाई ४-१ गोल अन्तरले पराजित गर्दै नर्वे १९९८ पछि पहिलो पटक विश्वकपमा छनौट भएको हो ।

नर्वेको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने एन्टोनियो नुसा र जोर्गेन स्ट्रान्ड लार्सेनले एक एक गोल गरेका थिए । त्यस्तै इटालीका लागि एक गोल फ्रान्सेसको पियो एस्पोसिटोले गरेका थिए ।

यो जितपछि समुह आईमा नर्वेको ८ खेलमा २४ अंक भएको छ र अपराजित हुदै विश्वकपमा छनौट भएको छ । त्यस्तै इटालीको भने ८ खेलमा १८ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

नर्वेले यस अघि तीन पटक मात्र विश्वकप खेलेको छ । सन् १९३८ पछि १९९४  र १९९८ मा विश्वकप खेलेको नर्वे २७ बर्षपछि विश्वकपमा छनौट भएको हो ।

योसँगै युरोपबाट नर्वेसहित पोर्चुगल, क्रोसिया, इङल्याण्ड र फ्रान्स विश्वकपमा छनौट भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै