• २०८३ जेठ १ शुक्रबार

दुबईबाट आएको नेपाल एयरलाइन्सको जहाज ल्याण्ड हुन नसक्दा दिल्ली डाइभर्ट

दुबईबाट आएको नेपाल एयरलाइन्सको जहाज ल्याण्ड हुन नसक्दा दिल्ली डाइभर्ट

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन नसकेपाची दिल्ली डाइभर्ट भएको छ ।

दुबईबाट आएको आरए २३० नम्बरको नेपाल एयरलाइन्सको जहाज विमानस्थलमा होल्डिङमा समस्या हुँदा दिल्ली डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलको कार्यालयले जानकारी दिएको छ ।

जहाज आज बिहान १०: ५८ मिनेट ल्याण्ड हुनुपर्नेमा अवतरणका क्रममा विमानस्थलमा चाप हुँदा उक्त जहाज आकाशमै होल्ड हुनुपरेको र लामो समयसम्म होल्ड गर्नका लागि ‘होल्डिङ फ्यूल’ कम भएकाले दिल्ली डाइभर्ट गरिएको बुझिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै