• २०८२ मङ्सिर १ सोमबार

हसिनाविरुद्धको मानवताविरुद्ध अपराधको मुद्दाको सुनुवाइ आज

kharibot

काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर गरिएको मानवता विरुद्धको अपराधको मुद्दाको सुनुवाइ आज हुदैछ । ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले यो मुद्धाको सुनुवाइ गर्दैछ ।

सरकारी वकिलले हसिनाविरुद्ध पाँच गम्भीर आरोप लगाएका छन्, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण हत्या, अपराध रोक्न असफलता र मानवता विरुद्धको अपराध रहेका छन् । सरकारी वकिलले उनलाई मृत्युदण्डको माग गरेका छन् । हसिनाको पार्टी, अवामी लिगले बिहीबार बिहानदेखि साँझसम्म राष्ट्रव्यापी बन्दको घोषणा गरेको छ ।

मुद्दा वरिपरि बढ्दो तनावका कारण बंगलादेश उच्च सतर्कतामा छ । देशभरका विमानस्थल र महत्त्वपूर्ण भवनहरूमा प्रहरी र सैन्य तैनाथी बढाइएको छ । परिस्थिति अनुसार, न्यायाधिकरणले आफ्नो फैसलाको मिति स्थगित गर्न सक्ने समेत बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै