काठमाडौँ । प्रहरीले बाँके र नवलपरासीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।
बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । अमरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनकटुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सरावल गाउँपालिका-२ पटखौली बस्ने ३२ वर्षीय मान सिँह चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









