काठमाडौँ । भारतको दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको कार विस्फोटपछि भारतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकक लागि सुरक्षा सतर्कता जारी गरेको छ ।
दुताबासले आफ्ना नागरिकहरुलाई दिल्लीको लाल किल्ला र चाँदनी चौक वरपरका क्षेत्रहरूबाट बच्न र भीडभाडबाट बच्न सल्लाह दिएको छ ।
दुताबासले भनेको छ- 'नोभेम्बर १०, २०२५ मा, दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै कार विस्फोट भएको थियो, जसमा स्थानीय मिडियाले धेरै हताहत भएको रिपोर्ट गरेका थिए । विस्फोटको कारण अझै थाहा नभए पनि, भारत सरकारले धेरै राज्यहरूलाई उच्च सतर्कतामा राखेको छ ।'
यसका साथै, अपडेटको लागि स्थानीय मिडियाको निगरानी गर्न र आफ्नो वरपरको बारेमा सचेत रहन सल्लाह दिएको छ । सोमबार साँझ भएको विस्फोटमा १० जनाको मृत्य भएको थियो ।









