• २०८३ श्रावण ५ मंगलबार

गोरखामा दुई इटालियन आरोही हिउमा मृत भेटिए

गोरखामा दुई इटालियन आरोही हिउमा मृत भेटिए

गोरखा । गोरखाको पाङबारी पिक हिमाल आरोहणका लागि पुगेका दुई आरोही मृत भेटिएका छन् ।

कात्तिक १३ बाट सम्पर्कविहीन इटालियन नागरिक ५१ वर्षका फार्नातो स्तेफानो र २८ वर्षका कापुतो आलेस्सान्द्रो मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । कात्तिक १ गते पिक आरोहणका लागि पुगेका उनीहरू मंगलबारदेखि भएको  हिमपातपछि पिकमा फसेका थिए । प्रहरीले दुवैको शव हिउमा पुरिएको अवस्थामा फेला परेको र हाल सामागाउँको हेलिप्याडमा ल्याइएको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै