काठमाडौँ । पाकिस्तानले अफगानिस्तानले घुसपैठ गरेमा युद्धविराम समाप्त भएको मानिने चेतावनी दिएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल अहमद शरीफले अफगानिस्तानबाट पाकिस्तानमा घुसपैठ भयो भने, युद्धविराम समाप्त भएको मानिनेछ र त्यस्तो कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिइने बताएका हुन् ।
पाकिस्तान र अफगानिस्तान बीचको द्वन्द्वमा २०६ अफगान तालिबान लडाकु र अतिवादी समूह तहरीक-ए-तालिबान पाकिस्तानका ११० लडाकु मारिएका थिए । विभिन्न सरकारहरूको कार्यकालमा अफगानिस्तानको आधिकारिक भ्रमणको विवरण साझा गर्दै उनले कुनै पनि अतिवादी समूहसँग वार्ता नगर्ने बताए ।
अहमद शरीफले पाकिस्तानलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको र कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिइने बताए । सैन्य प्रवक्ताका अनुसार, अफगान तालिबानले कतार र टर्कीलाई मध्यस्थकर्ताको भूमिका खेल्न अनुरोध गरेको थियो । उनले यी वार्ताहरूको क्रममा पाकिस्तानले अफगान भूमिबाट पाकिस्तानमा आक्रमण र अतिवादी गतिविधिहरूको बारेमा अकाट्य प्रमाणहरू प्रस्तुत गरेको थियो ।
उनले अफगानिस्तानलाई आतंककारीहरू विरुद्ध कारबाही गर्न वा पाकिस्तानलाई सुम्पन आग्रह गरेको बताए ।









